
काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सनराइजर्स हैदराबादसँग पराजित भएको छ ।गएराति भएको खेलमा हैदराबादले अङ्कतालिकाको दोस्रो स्थानमा रहेको बेङ्गलुरुलाई ४२ रनले हरायो ।
जीतका लागि हैदराबादले दिएको दुई सय ३२ रन लक्ष्य पछ्याएको बेङ्गलुरु १९ ओभर ५ बलमा एक सय ८९ रनमा अलआउट भयो । उसका फिल साल्टले सर्वाधिक ६२ तथा विराट कोहलीले ४३ रन बनाए । प्याट कमिन्सले तीन विकेट लिए ।त्यसअघि लखनउमा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै दुई सय ३१ रन बनायो । उसका इशान किशनले अविजित ९४ रन बनाए । बेङ्गलुरुका रोमारियो सेपर्डले दुई विकेट लिए ।
हैदराबाद यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । हारसँगै बेङ्गलुरुको १३ खेलमा १७ अङ्क भएको छ । बेङ्गलुरु तेस्रो स्थानमा झरेको छ । आठौं स्थानमा रहेको हैदराबादको १३ खेलमा ११ अङ्क छ ।
आईपीएल क्रिकेटमा आज पन्जाब किङ्ग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।