
काठमाडौं । एरिका गुरुङले कराते वान प्रिमियर लिगमा ऐतिहासिक कांस्य पदक जितेकी छिन् ।
मोरोक्कोको रावतमा भएको महिला ६८ केजीमाथि तौल समूहमा नेपालका प्रतिनिधिन्व गर्दै उनले फ्रान्सेली खेलाडी क्लेमेन्स पिएलाई ६–२ ले पराजित गरेकी हुन् ।
योसँगै उनी विश्वकै शीर्ष ३२ खेलाडी मात्र खेल्ने लिगमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् । उनले टर्की, इटलीजस्ता खेलाडीलाई हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेकी थिइन् ।
फाइनल प्रवेशका लागि भएको खेलमा उनले स्पानिस खेलाडी मारिया टोरेस गार्सियासँग ५–५ को बराबरी खेलिन् । तर उनी सेन्सुका आधारमा पराजित भएकी थिइन् ।