
काठमाडौं । गायक तथा सङ्गीतकार गणेश रसिकको आज अन्त्येष्टि गरिँदैछ । उहाँको ७७ वर्षको उमेरमा हिजो ललितपुर हात्तीवनमा रहेको नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो ।
रसिककी छोरी देश बाहिर रहेकाले आज मात्रै अन्त्येष्टि गर्न लागिएको हो । रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी थिए ।
भोजपुरमा जन्मिएका रसिकले नेपाली गीत, सङ्गीत, साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका छन् । उनका कथा, गीत, उपन्साय र संस्मरण प्रकाशित छन् ।
रसिकले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक, सांस्कृतिक संस्थानको महाप्रबन्धक, साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव भएर समेत काम गरेका थिए।
रसिकलाई नेपाली गीत सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामा पछिको दोस्रो पुस्ताको होनहार प्रतिभाको रुपमा स्मरण गरिन्छ ।