
जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका ८ वटै जिल्लामा बन्ने ३२० किलोमिटर कालोपत्र सडकको शिलान्यास गरेका छन् ।
मधेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय मन्त्रालयले ८ वटै जिल्लाको ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्माण गर्न लागिएको ‘एक निर्वाचन क्षेत्र, एक सडक’ को प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन् ।
जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति कला केन्द्रको सभाहलमा डिजिटल प्रविधिबाट सडकको शिलान्यास गरिएको हो ।
प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक बहुवर्षीय योजना अन्तर्गत निर्माण हुने पूर्वाधार विकास मन्त्री सरोज यादवले जानकारी दिए ।