२०८२ जेठ १९, सोमवार , ०९:५८:०० बजे

Sajhamanch
'

पूर्वाधार विकास बैंकको ऋणपत्र बिक्री शुरू, वार्षिक ६ प्रतिशत ब्याज पाइने

आइतवार, जेठ १८, २०८२

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ऋणपत्र निष्कासन तथा बिक्री खुला भएको छ । बैंकले प्रति कित्ता १ हजार अङ्कित दरका ५ लाख कित्ता अर्थात् कुल ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको हो ।

निष्कासित शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र संस्थागत तबरबाट बाँडफाँट गरिने र बाँकी ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिने बैंकले जनाएको छ ।

निफ्रा हरित ऊर्जा ऋणपत्र २०८८–८९ नामक ऋणपत्रको परिपक्व अवधि ७ वर्ष रहेको छ । ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशतका दरले ब्याज भुक्तानी गर्नेछ । ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्रमा आजदेखि जेठ २१ गतेसम्म आवेदन दिन सकिन्छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो शेयरमार्फत अनलाइन आवेदन दिन सक्छन् ।

सम्बन्धित खबर