
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रस्सियन कम्युनिष्ट पार्टीका महासचिव गेन्नाडी जुगानोभलाई नेपालको मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा पठाएका छन् ।
रस्सिया भ्रमणमा रहेका नेकपा एमालेका स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले शनिबार भएको भेटका क्रममा महासचिव जुगानोभलाई प्रधानमन्त्री ओलीले पठाएको निमन्त्रण पत्र हस्तान्तरण गरेका हुन् ।
महासचिव जुगानोभले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने वचन दिएको डा. भट्टराईले जनाएका छन् । भेटघाटमा दुई पार्टी तथा दुई देशको सम्बन्धका विविध विषयमाथि छलफल भएको जनाइएका छ ।