
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ ।
मन्त्रालयले लत त्याग्न चाहनेका लागि ११३२ मा फोन गरी परामर्श लिनसक्ने व्यवस्थाको शुरुआत गरेको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ‘हेल्पलाइन’ सेवाको शुभारम्भ गरे। उनले हेल्पलाइन सेवा सञ्चालन भएसँगै सुर्तीजन्य पदार्थ सेवन गर्नेको सङ्ख्यामा कमी आउने विश्वास व्यक्त गरे।
स्वास्थ्य सचिव डा.विकास देवकोटाले पछिल्लो समय युवाहरूमा सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग निक्कै चिन्ताको विषय बनेको बताए।
पछिल्लो समय भेपको प्रयोग बढ्दो देखिएको र युवालाई यसको लत नियन्त्रण गर्न के गर्ने ? भनेर मन्त्रालयले योजनाबद्ध रूपमा पहल गरिरहेको सचिव देवकोटाले बताएका छन् ।