
काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ । इन्टर मिलानलाई ५–० गोलले हराउँदै पीएसजी च्याम्पियन बनेको हो । पीएसजीले पहिलो पटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।
पीएसजीका डिजेर डुवेले २, आक्राफ हाकिमी, ख्विचा क्वारात्स्खेलिया, सेनी मायुलुले समान १ गोल गरे । पीएसजीले यसपटक अन्तिम १६ मा लिभरपुललाई, क्वाटरफाइनलमा एस्टन भिल्लालाई र सेमिफाइनलमा आर्सनललाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
यसअघिको सन् २०२० मा पीएसजीले च्याम्पियन लिग फाइनल खेलेको थियो । त्यति बेला टोली बायर्न म्युनिखसँग १–० ले पराजित भएको थियो । इन्टरले यसअघि तीन पटक उपाधि जितेको थियो ।