२०८२ जेठ १९, सोमवार , ०८:५८:४२ बजे

Sajhamanch
'

नेवार समुदायले आज सिथि नखः पर्व मनाउँदै

आइतवार, जेठ १८, २०८२

काठमाडौं । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात् कुमार षष्ठीका दिन मनाउने यो पर्वमा नेवार समुदायले पानीका मुहान, इनार, कुवा, पोखरी, धारालगायत सरसफाइ गर्छन् ।

मनसुन भित्रिएपछि पर्ने पानी अर्थात् बर्खामा बगेर आउने भेल र फोहरपानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान र स्रोतको वरिपरि सरसफाइ गरी निकास खोल्नु यो पर्वको मुख्य विशेषता हो ।

साथै हिँउदमा पुरिएको, थुनिएको र सुकेको मूललाई वर्षात्को पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने गरिएको हो ।

यस दिन मास, मुगी, केराउलगायतका दलहनबाट बनेको विशेष प्रकारको ‘बारा’ तथा नयाँ गहुँको रोटी खाने चलन रहेको छ ।

यो पर्वसँगै किसानको महत्त्वपूर्ण कार्य सिन्या ज्याः आर्थत् (धान रोपाइँ) शुरु हुने भएकाले सिथि नखःलाई वर्षा अघिको अन्तिम चाडको रुपमा पनि लिइन्छ ।

सम्बन्धित खबर