
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाइन्ट्सले शीर्षस्थानको गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ ।
लखनउले जीतको लागि दिएको २३६ रनको लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ९ विकेट गुमाउँदै २०२ रनमा समेटियो ।
गुजरातका साहरुख खानले ५७ र शेफने रूदरफोर्डले ३८ रन बनाए । लखनउका विल ओले ३ तथा आभेस खान र आयुष बदोनीले २/२ विकेट लिए ।
त्यसअघि अहमदाबादमा रहेको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको लखनउले २० ओभरमा २ विकेट गुमाउँदै २३५ रन बनाएको थियो । लखनउका मिचेल मार्सले सर्वाधिक ११७ रन बनाए । गुजरातका साई किशोर र अरशद खानले १/१ विकेट लिए ।
लिग तालिकामा शीर्ष स्थानको गुजरातको १८ अङ्क छ भने आईपीएलबाट बाहिरिसकेको लखनउको १२ अङ्क छ ।
आईपीएलमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबाद खेल्दैछन् ।