२०८२ जेठ ९, बिहिवार , ०४:३७:५० बजे

Sajhamanch
'

सुर्खेत विमानस्थलमा जमिनमुनिबाट पानी निस्किएपछि शनिवारसम्मका लागि बन्द

बिहिवार, जेठ ९, २०८२

काठमाडौं । सुर्खेत विमानस्थलमा जमिनमुनिबाट पानी निस्किएपछि शनिवारसम्मका लागि बन्द गरिएको छ ।

विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि अस्ति मङ्गलवारदेखि बन्द गरेर निर्माण गरिरहँदा अर्को ठाउँमा जमिनमुनिबाट पानी निस्किएपछि शनिवारसम्मका लागि विमानस्थल बन्द गरेको विमानस्थलका प्रमुख हिराजन काफ्लेले जानकारी दिए।

अहिले पानी देखिएको ठाउँलाई पुर्ने काम गरे पनि भौगर्भिक अनुसन्धान गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

सम्बन्धित खबर