२०८२ जेठ १७, शनिवार , ०५:४५:२६ बजे

Sajhamanch
'

विश्वकप लिग टूको अभ्यास खेलमा नेपाल स्कटल्याण्ड ‘ए’ सँग पराजित

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । विश्वकप लिग टूमा चौथो चरणको खेलका लागि स्कटल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड ‘ए’ सँग पराजित भएको छ ।

आज बिहान भएको खेलमा नेपाल स्कटल्याण्ड ‘ए’ सँग १०२ रनको फराकिलो अन्तरले पराजित भएको हो । हारसँगै २ खेलको अभ्यास शृङ्खलामा स्कटल्याण्ड ‘ए’ ले १–० को अग्रता बनाएको छ । स्कटल्याण्डले दिएको २२१ रनको लक्ष्य पछ्याएको नेपाली टोली ११८ रनमा समेटियो ।

अब दोस्रो अभ्यास खेल भोलि हुँदैछ । लिग टूको चौथो राउण्डमा नेपालले घरेलु टोली स्कटल्याण्न्ड र नेदरल्यान्ड्ससँग खेल्दैछ ।

आठ टोली सहभागी लिग टू विश्वकप २०२७ को छनोट शृङ्खलासमेत हो । यस शृङ्खलााका क्रममा हरेक टोलीले हरेकसँग तीन खेल खेल्नेछ ।

लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सीधै स्थान बनाउने छ । पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफमा स्थान बनाउने छन् ।

सम्बन्धित खबर