२०८२ जेठ १७, शनिवार , ०१:४५:१६ बजे

Sajhamanch
'

पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो

शुक्रवार, जेठ १६, २०८२

काठमाडौं । साबिक विजेता हेल्प नेपालले नवौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुषतर्फ उपाधि जितेको छ । हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो।

पोखरामा हिजो भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जित्न सफल भयो ।

जीतसँगै हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनशिपमा समेत छनोट भएको छ । लगातार तेस्रो पटक उपाधि जितेको हेल्प नेपालले यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि उपाधि जितेको थियो ।

यस्तै महिलातर्फ न्युडायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३ – १ ले हराउँदै नेपाल पुलिस क्लबले लगातार तेस्रो पटक उपाधि जितेको छ ।

पुलिस र न्युडायमन्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनशिपमाका लागि छनोट भइसकेका छन् । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ । महिलातर्फ एभरेस्ट भलिबल क्लव तेस्रो भएको छ ।

महिला र पुरुष दुवैतर्फको विजेता हेल्प नेपाल र नेपाल पुलिसले समान ८ लाख, दोस्रो भएका गण्डकी र न्युडायमन्डले समान ४ लाख प्राप्त गरे। यस्तै तेस्रो हुने पुलिस र एभरेस्ट भलिबल क्लबले २ लाख रुपैयाँ प्राप्त गरे ।

नेपाल भलिबल सङ्घको आयोजनामा जेठ ८ गते शुरू भएको लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता थियो ।

सम्बन्धित खबर