
काठमाडौं । एएफसी २३ वर्षमुनिको एशियन कप छनोटमा नेपाल समूह ‘के’ मा परेको छ । मलेशियाको क्वालालम्पुरमा रहेको एएफसी हाउसमा आज भएको ‘ड्र’ मा नेपालसहित ताजकिस्तान, सिरिया र फिलिपिन्स समूह ‘के’ मा परेका छन् ।
आउँदो सेप्टेम्बर १ देखि ९ सम्म हुने छनोटका लागि ४४ टोलीलाई ११ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहको खेल ताजकिस्तानमा हुनेछ ।
आयोजक साउदी अरेबिया यसअघि नै छनोट भइसकेको छ । प्रतियोगिताबाट ११ समूह विजेता र ४ उत्कृष्ट उपविजेता एशियन कपमा छनोट हुनेछन् ।