
काठमाडौं । आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गरेको हो ।
अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट हुनेछ ।