२०८२ जेठ १५, बिहिवार , ०३:०४:०३ बजे

Sajhamanch
'

कोशीका ७ जना अग्रज पत्रकारलाई प्रदेश सरकारको सम्मान

बिहिवार, जेठ १५, २०८२

विराटनगर । कोशी प्रदेश सरकारले पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सातजना अग्रज पत्रकारलाई सम्मान गरेको छ ।

गणतन्त्र दिवसको अवसर पारेर जनही १ लाख नगदसहित उनीहरूलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सम्मान गरे ।

सम्मानित हुनेमा झापाका अग्रज पत्रकार चिन्तामणि दाहाल, मोहन काजी, विमल लामिछाने छन् । त्यस्तै सुनसरीकी यशोदा सेने, धनकुटाका राजेश्वरमान श्रेष्ठ, मोरङका मनोज दाहाल र मोहम्मद सदरुल छन् ।

पत्रकारिता क्षेत्रको विकास र प्रोत्साहनका लागि २० वर्षभन्दा बढी समयदेखि निरन्तर पत्रकारिता क्षेत्रमा रहेकाहरूलाई सम्मान गरिएको आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती भण्डारी बताए ।

सम्बन्धित खबर