
काठमाडौं । बङ्गलादेशसँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि पाकिस्तानको टोली घोषणा भएको छ । पाकिस्तानले नवनियुक्त प्रशिक्षक माइक हेसनको पहिलो शृङ्खलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
पाकिस्तानको टोलीमा पूर्वकप्तान बाबर आजम, विकेटकीपर ब्याटर मोहम्मद रिजवान र तीव्र गतिका बलर शाहीन अफ्रिदी छैनन् ।
अहिले चलिरहेको पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरेको छनोटकर्ताहरूले बताएका छन् ।
बङ्गलादेशसँगको शृङ्खलाका लागि ब्याटर सलमान अली आघाले कप्तानको रूपमा जिम्मेवारीलाई निरन्तरता दिनेछन् भने अलराउन्डर शादाब खान उपकप्तान रहेका छन् । बङ्गलादेश र घरेलु टोली पाकिस्तानबीच लाहोरमा हुने टी–२० शृङ्खलाको मिति चाँडै घोषणा हुनेछ ।
यस्तो छ पाकिस्तानको टोली–
सलमान अली अघा (कप्तान) , शादब खान (उपकप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हरिस रउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हरिस, मोहम्मद वसीम जुनियर, मोहम्मद इरफान खान, नसीम शाह, साहिबजादा फरहान, सैम अयुब