२०८२ असार ५, बिहिवार , ०५:३०:०८ बजे

Sajhamanch
'

नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर पोथास नियुक्त

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा दक्षिण अफ्रिकाका पूर्वक्रिकेटर निक पोथास नियुक्त भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टोलीको स्कटल्यान्ड भ्रमणका लागि पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएको छ ।

निक पोथासले दक्षिण अफ्रिकाको राष्ट्रि टोलीबाट ३ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । पोथाससँग वेस्ट इन्डिज र श्रीलङ्काको अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको अनुभव छ । यस्तै पछिल्लो समयमा उनले बङ्गलादेशको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

नेपालले स्कटल्यान्डमा आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खला खेल्दैछ । यही जेठ १९ देखि २७ गतेसम्म हुने लिग–२ को त्रिदेशीय शृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सहभागी छन् ।

लिग–२ र टी–२० शृङ्खलाका लागि यसअघि नै नेपाली टोली घोषणा भइसकेको छ । लिग–२ मा नेपाल १२ खेलमा ६ अङ्कसहित तालिकाको पुछारमा छ । यस्तै नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड चौथो स्थानमा छन् । लिग–२ तालिकाको शीर्ष स्थानमा अमेरिका छ ।

लिग–२ पछि यी तीन देशबीच असार १ देखि ६ गतेसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुनेछ ।

सम्बन्धित खबर