२०८२ जेठ १६, शुक्रवार , ०३:१६:३५ बजे

Sajhamanch
'

काठमाडौंको भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । नेकपा (एमाले) को कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर आज बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।

यस क्षेत्रमा सुरक्षा संवेदनशीललाई ध्यानमा राखेर झन्डै चार हजारको सङ्ख्यामा प्रहरी परिचालन भएका छन् । कार्यक्रम हुने क्षेत्रमा ड्रोनबाट समेत सुरक्षा निगरानी गरिने प्रहरीले जनाएको छ ।

यस्तै गाडी आवागमनको सहज व्यवस्थाका लागि झन्डै आठ सय ट्राफिक प्रहरी परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न समूहको कार्यक्रम तथा प्रदर्शन हुने ठाउँतिर गाडी प्रवेश गर्न नदिइ डाइभर्सन गर्ने व्यवस्थासमेत मिलाइएको कार्यालयले जनाएको छ ।

अहिले भृकुटीमण्डपमा एमालेले कार्यक्रम तथा प्रदर्शनी गरिरहेको छ । राप्रपा लगायत राजावादीको प्रदर्शन रत्नपार्क क्षेत्रमा दिउँसो साढे दुई बजेपछि शुरू हुनेछ ।

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिले एमालेलाई कार्यक्रम गर्न र त्यसपछि राजावादीको प्रदर्शन गर्न समय छुट्याएको हो ।

एमालेले आज गणतन्त्र दिवस मनाउने कार्यक्रम छ । राप्रपालगायत दल र राजावादी समूहले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको मागसहित प्रदर्शन गर्ने बताएका छन् ।

सम्बन्धित खबर