२०८२ जेठ ८, बुधवार , ०२:१४:१५ बजे

Sajhamanch
'

विपद्को सामना गर्न मातहतका निकाय आवश्यक गृहकार्यमा, पूर्वतयारीमा जोड

बुधवार, जेठ ८, २०८२

काठमाडौं । मनसुनसँगै निम्तनसक्ने जोखिम र त्यसको उचित व्यवस्थापनका लागि गृह मन्त्रालय र मातहतका निकायले गृहकार्य थालेका छन् ।

गृहमन्त्री रमेश लेखकले सरकार र गैरसरकारी दुवै क्षेत्र मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारीमा लाग्नुपर्ने बताएका छन् । मातहतका निकायलाई पनि आवश्यक निर्देशन दिएको उनले जानकारी दिए।

त्यस अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य योजना र त्यसको कार्यान्वयनका लागि छलफल तीव्र पारेको छ । प्राधिकरणले र्‍याफ्टिङ एशोसिएशन र पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रसँग छलफलसमेत गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेश भट्टले हिमाली क्षेत्रमा उद्धारका लागि र तराई/मधेशमा डुबानबाट मानवीय क्षति हुन नदिनका लागि छलफल गरेको बताए।

छलफलमा दुवै संस्थाहरूले सहयोगको प्रतिबद्धता जनाएका उनले जानकारी दिए। यस वर्षको मनसुनमा विगतभन्दा धेरै पानी पर्ने अनुमान अनुसार पूर्वतयारी महत्त्वपूर्ण रहेको कार्यकारी प्रमुख भट्टले बताए।

प्राधिकरणले हिजो गरेको छलफलमा गृहमन्त्रीसहित तीन वटै सुरक्षा निकायका विपद् हेर्ने अङ्गका प्रमुख तथा प्रतिनिधि, सडक विभाग एवम् विश्व खाद्य कार्यक्रमका प्रतिनिधिको पनि सहभागिता थियो ।

सम्बन्धित खबर