२०८२ जेठ १६, शुक्रवार , ०२:३८:३१ बजे

Sajhamanch
'

करेन्ट लागेर विद्युत् कर्मचारीको घटनास्थलमै मृत्यु

बिहिवार, जेठ १५, २०८२

पाँचथर । पाँचथरमा करेन्ट लागेर एक विद्युत् कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । हिजो साँझ अन्दाजी ७ बजे पाँचथर मिक्लाजुङ गाउँपालिका–२ सप्तमीमा रहेको सौर्य ऊर्जा मिनी ग्रीड विद्युतीय कार्यालयमा कार्यरत सोही ठाउँ बस्ने ४१ वर्षीय झलेन्द्र भन्ने चन्द्र मगरको करेन्ट लागेर मृत्यु भएको हो । विद्युतीय पङ्खाको ट्रान्समिटर मर्मत गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।

कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि मगरको शव रबि आधारभूत अस्पताल पाँचथर पठाइएको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिएका छन् ।

सम्बन्धित खबर