२०८२ जेठ ८, बुधवार , १२:००:१५ बजे

Sajhamanch
'

आईपीएल फाइनल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने : रिपोर्ट

बुधवार, जेठ ८, २०८२

झापा । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेल अहमदाबादमा हुने भएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को आजको बैठकले आईपीएलको फाइनल खेल आउँदो जुन ३ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मा आयोजना हुने निर्णय गरेको क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकबजले जनाएको छ ।

यस्तै अहमदाबादमै जुन १ मा दोस्रो क्वालिफायर आयोजना हुनसक्ने खबरमा उल्लेख छ । यसैगरी प्लेअफका पहिलो दुई खेलहरू– मे २९ मा पहिलो क्वालिफायर र मे ३० मा एलिमिनेटर नयाँ चण्डीगढको मुल्लानपुरमा आयोजना हुनसक्छ ।

देशमा वर्षायाम शुरू हुन थालेसँगै बीसीसीआईले मौसमको अवस्थालाई ध्यानमा राख्दै यी ठाउँ छनोट गरेको हो ।

गएको मे २२ मा शुरू भएको १८औं संस्करणको फाइनल खेल पूर्वानिर्धारित तालिकानुसार आउँदो मे २५ मा कोलकाताको इडेन गार्डेन्समा हुनुपर्ने थियो । तर लिग चरणको खेल चल्दै गर्दा भारत र पाकिस्तानबीच तनाव बढेपछि आईपीएल बीचमै स्थगित भएको थियो ।

भारत र पाकिस्तानबीच युद्धविरामको सहमति भएपछि आईपीएल गएको शनिवारदेखि फेरि शुरू भएको हो ।

सम्बन्धित खबर