२०८२ असार ५, बिहिवार , १०:२५:०६ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटको पहिलो क्वालिफायरमा आज पन्जाब र बेङ्गलुरु खेल्दै

बिहिवार, जेठ १५, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज पन्जाब किङ्ग्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) खेल्दै छन् ।

फाइनल प्रवेशका लागि हुने यो खेल मुल्लनपुरमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुने छ । बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । पन्जाब शीर्ष स्थानमा छ ।

गुजरात टाइटन्स र मुम्बई इन्डियन्सले भने भोलि इलिमिनेटरमा खेल्नेछन् ।

सम्बन्धित खबर