२०८२ जेठ १५, बिहिवार , ०७:३२:०० बजे

Sajhamanch
'

१६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने

बुधवार, जेठ १४, २०८२

काठमाडौं । १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिता सुर्खेतमा हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा कर्णाली प्रदेश क्रिकेट सङ्घको सह–आयोजनामा यही जेठ १९ देखि ३१ गतेसम्म प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता कालुन्चोक क्रिकेट मैदान र वीरेन्द्रनगर क्रिकेट मैदान गरी दुई ठाउँमा सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेशका सात वटा टिम सहभागी छन् । लिग चरणमा २१ वटा खेल हुनेछन् ।

लिग चरणमा सबै टोलीले एकअर्कासँग एक पटक प्रतिस्पर्धा गर्नेछन् । क्यानको वार्षिक क्यालेन्डरअनुसार १६ वर्षमुनिको राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताका लागि क्यानले आज खेल तालिका सार्वजनिक गरेको छ ।

यस्तो छ तालिका–

सम्बन्धित खबर