२०८२ जेठ १५, बिहिवार , ०३:३६:४७ बजे

Sajhamanch
'

प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै विपक्षी दलको अवरोध

बुधवार, जेठ १४, २०८२

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक २ घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठकअघि सत्तापक्षका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेता छलफलमा बसेका थिए । बैठकले गृहमन्त्रीको राजीनामा सम्बन्धी विपक्षी दलको मागलाई अस्वीकार गर्दै बैठकमा गृहमन्त्रीबाट जवाफ दिने निर्णय गरेको छ ।

तर, आजको बैठकमा पनि विपक्षी दलले अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले आजको बैठकको कारबाही प्रारम्भ हुन्छ भन्ने बित्तिकै विपक्षी दलका सांसदहरू उठेर अवरोध गरिरहेका छन् ।

मंगलबार पनि विपषी दलका सांसदले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै अवरोध गरेका थिए ।

सम्बन्धित खबर