
काठमाडौं । कास्कीको फुलिबाङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर ५६ मिनेट जाँदा फुलिबाङ आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि अस्ति जाजरकोटको रामीडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम चलिरहेको छ ।