
काठमाडौं । त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान शुरू भएको छ । यही जेठ महिनाभित्र काम सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएको शहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठले जानकारी दिए।
रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कुल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ ।
पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये पहिलो भागको ढलान शुरू भएको सहसचिव कण्ठले जानकारी दिए।
प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन् ।
यी सबै कार्यको निरीक्षण गर्न पुगेका शहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन समेत दिएका छन् ।