२०८२ असार ६, शुक्रवार , ०४:०८:१६ बजे

Sajhamanch
'

लमजुङमा आगलागी, एक जना महिलाको ज्यान गयो

बुधवार, जेठ १४, २०८२

लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलमा रहेको एक घरमा आगलागी हुँदा एक महिलाको ज्यान गएको छ ।

स्थानीय बासिन्दा भरत थापाको घरमा आगलागी हुँदा भाडामा बसेकी दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको ज्यान गएको हो ।

आज बिहानै साढे तीन बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उनलाई बाहिर निकालेको थियो ।

जलेर गम्भीर घाइते थापाको बेँसीशहरको प्रदेश अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीले बताए।

सम्बन्धित खबर