२०८२ जेठ १५, बिहिवार , १२:५०:३५ बजे

Sajhamanch
'

आईपीएल क्रिकेटमा लखनउलाई हराउँदै बेङ्गलुरु पहिलो क्वालिफायरमा

बुधवार, जेठ १४, २०८२

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा लखनउ सुपर जायन्ट्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) पहिलो क्वालिफायरमा पुगेको छ ।

लखनउको घरेलु मैदानमा हिजो भएको खेलमा बेङ्गलुरुले लखनउलाई ६ विकेटले हराएको हो । लखनउले दिएको २२८ रनको लक्ष्य बेङ्गलुरुले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

बेङ्गलुरुका कप्तान जितेश शर्माले अविजित ८५ रन बनाए । विराट कोहलीले ५४ रन जोडे । लखनउका विल ओरुकले २ तथा आवेस खान र आकाश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । लखनउका कप्तान ऋषभ पन्तले अविजित ११८ रन बनाए । तर टोलीको हार टार्न सकेनन् ।

बेङ्गलुरुका रोमारियो शेफर्ड, नुवान तुषारा र भुवनेश्वर कुमारले समान १ विकेट लिए । लखनउ यसअघि नै प्लेअफबाट बाहिरिसकेको थियो ।

विजयी बेङ्गलुरुले लिगको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको छ । अब फाइनल प्रवेशका लागि बेङ्गलुरुले पन्जाब किङ्ग्ससँग खेल्नेछ ।

बेङ्गलुरुको जीतसँगै गुजरात टाइटन्सले इलिमिनेटर खेल्नुपर्ने भएको छ । गुजरातले मुम्बई इन्डियन्ससँग इलिमिनेटरमा खेल्नेछ ।

सम्बन्धित खबर