२०८२ असार १, आइतवार , १२:१९:४७ बजे

Sajhamanch
'

लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज १९ अङ्कले बढ्यो

सोमवार, जेठ ५, २०८२

काठमाडौं । लगातार ६ कारोबार दिन घटेको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ३० अङ्कले बढेर २ हजार ६२८ दशमलव ३६ विन्दुमा पुगेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर बढेकोमा विकास बैंक समूहको शेयर झन्डै २ प्रतिशतले उकालो लागेको छ । यस्तै बैंक, निर्जीवन बीमा समूहको शेयर १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सप्तकोशी विकास बैंक, सिन्धु विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, तेह्रथुम पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो साढे ८ अर्बको कारोबार भएकोमा आज ३२४ वटा कम्पनीका १ करोड ६२ लाख कित्ता शेयर ७ अर्ब ३५ करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर