२०८२ जेठ ६, सोमवार , ०२:११:४४ बजे

Sajhamanch
'

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

सोमवार, जेठ ६, २०८२

काठमाडौं । नेपाली युवा बक्सर अविरल घिमिरेले किक बक्सिङ खेलको इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएका छन् ।

‘हिमालयन चितुवा’ को नामले विश्व परिचित बक्सर घिमिरेले पहिलो पटक तीन वटा अन्तर्राष्ट्रिय ‘किक बक्सिङ टाइटल’ हात पार्दै अदम्य साहस तथा असाधारण उपलब्धि हासिल गरेका हुन् ।

बक्सर घिमिरेले जापानको ओसाका श्हरमा हिजो सम्पन्न विश्व प्रसिद्ध ‘के वन क्रस १७५’ को उपाधि चुम्दै नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् ।

अत्यन्तै प्रतिस्पर्धात्मक प्रतियोगितामा उनले जापानी किक बक्सिङ ‘च्याम्पियन’ ओडा जिन्कलाई दोस्रो राउण्डमा परास्त गर्दै विश्व ‘च्याम्पियन’ बनेका हुन् ।

‘च्याम्पियन’ जिन्कलाई रिङ्मा ढाल्ने बक्सर घिमिरे पहिलो नेपाली खेलाडी बनेका उनका बुबा एवम् पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्र्याक कराँते खेलाडी देव घिमिरेले जानकारी दिए ।

‘के वन क्रस १७५’ लाई किक बक्सिङ खेलका क्षेत्रमा अन्त्यन्त प्रतिष्ठित प्रतियोगिता मानिन्छ ।