२०८२ जेठ ६, सोमवार , ०१:०२:४५ बजे

Sajhamanch
'

३ करोड बढीको कृषि औजार बरामद

सोमवार, जेठ ६, २०८२

झापा । झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रूपमा ल्याइएका सामान बरामद भएको जानकारी दिए ।

उनका अनुसार काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको हो ।

ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार थिए । बरामद अवैध सामान र कन्टेनरलाई सोमाबर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खबर