२०८२ जेठ ५, आइतवार , ०४:४९:५२ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीद्वारा पदक विजेता टेबिल टेनिस खेलाडीलाई बधाई

आइतवार, जेठ ५, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘दक्षिण एशियाली युथ टेबल टेनिस प्रतियोगिता’ मा पदक विजेता खेलाडीलाई बधाई ज्ञापन गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा उनले भविष्यका आशालाग्दा युवा खेलाडीलाई बधाई दिँदै उच्च मनोबलका साथ मेहनत गरेर विश्व प्रतिस्पार्धामा विजयी हुन शुभकामना दिए।

अखिल नेपाल टेबल टेनिस सङ्घले गएको अप्रिल २४ देखि २७ सम्म काठमाण्डौमा आयोजित प्रतियोगितामा १ स्वर्ण, ६ रजत र ५ कांस्यसहित नेपालले १२ वटा पदक जितेको थियो ।

प्रतियोगिताको १९ वर्षमुनिको ब्वाइज टिम इभेन्टमा नेपालका प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनको टोलीले स्वर्ण पदक जितेको थियो ।

प्रधानमन्त्री ओलीले विजेता र सहभागीलाई टेबल टेनिस खेल्न लगाई अवलोकनका साथै उनीहरूसँग आफूूले पनि केहीबेर खेलेर प्रोत्साहन गरेका थिए । साथै ओलीले उत्कृष्ट र सहभागी खेलाडीहरूलाई आफ्नो तर्फबाट आकस्मिक रूपमा नगद पुरस्कार प्रदान गरेका थिए।

सम्बन्धित खबर