२०८२ जेठ ५, आइतवार , ०४:४८:२३ बजे

Sajhamanch
'

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

आइतवार, जेठ ५, २०८२

काठमाडौं । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट सर्वसम्मत रुपमा पारित भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१सर्वसम्मत रुपमा पारित गरेको हो ।

‘विधेयकलाई पारित गरियोस्’ भनी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रश्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावलाई सभाका बहुमत सदस्यहरूले समर्थन गरेसँगै विधेयक सभाबाट सर्वसम्मतले पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

सम्बन्धित खबर