
काठमाडौं । शेयर बजार लगातार छैटौं कारोबार दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ७९ अङ्कले घटेर २ हजार ६०९ दशमलव ०५ विन्दुमा झरेको छ ।
आज होटल, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार र विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।
आज कर्पोरेट विकास बैंकको शेयर साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज ३०९ वटा कम्पनीका १ करोड ६९ लाख कित्ता शेयर ८ अर्ब ५० करोड रुपैयाँमा किनबेच भएको छ ।