
काठमाडौं । काठमाडौंमा आयोजित ‘सगरमाथा संवाद’मा सहभागी विशिष्ट विदेशी पाहुनालाई हिमशृङ्खलाको दृश्यावलोकन गराइएको छ ।
पर्वतीय उडान अर्थात् (माउन्टेन फ्लाइट)मार्फत विदेशी पाहुनालाई आज बिहान सर्वोच्च शिखर सगरमाथासहितका हिमालको दृश्यावलोकन गराइएको हो ।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको नेतृत्वमा विदेशी पाहुना ‘माउन्टेन फ्लाइट’मा गएका थिए। यसका लागि परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्डले समन्वय गरेका थिए ।
झन्डै एक घण्टाको ‘माउन्टेन फ्लाइट’मा सहभागीले हिमशृङ्खलाको दृश्यावलोकन गरेको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए। उनका अनुसार साहसिक गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले विदेशी पाहुनालाई ‘माउन्टेन फ्लाइट’ गराइएको हो ।