२०८२ जेठ २, बिहिवार , ११:१५:२० बजे

Sajhamanch
'

दिल्लीका ओपनर म्याकले आईपीएलका बाँकी खेल नखेल्ने

बिहिवार, जेठ २, २०८२

काठमाडौं । अस्ट्रेलियाका ब्याटर जेक फ्रेजर म्याकगर्कले आईपीएलका बाँकी खेल नखेल्ने भएका छन् ।

भारत र पाकिस्तान बीच सीमामा भएको तनावका कारण स्थगित आईपीएल दुई देश बीचमा युद्ध विराम भएसँगै पर्सि १७ मेदेखि फेरि हुने तय भएको छ । तर नौ करोड भारतीय रुपैयाँमा दिल्ली क्यापिटलमा आबद्ध भएका म्याकगर्कले बाँकी खेल नखेल्ने निर्णय गरेको जानकारी दिएका छन् ।

उनको ठाउँमा बङ्गलादेशका मुस्ताफिकर रहमान दिल्लीमा आबद्ध भएका छन् । उनी सन् २०२२ र २०२३ को सिजनमा पनि दिल्लीमा नै आबद्ध थिए ।

सम्बन्धित खबर