२०८२ जेठ २, बिहिवार , १०:२९:४६ बजे

Sajhamanch
'

काभ्रेको महाभारत गाउँपालिकामा शून्य बेरुजु

बिहिवार, जेठ २, २०८२

काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका शून्य बेरुजु कायम गर्न सफल भएको छ ।

महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको आफ्नो ६२औं वार्षिक प्रतिवेदनमा स्थानीय तहतर्फ महाभारत गाउँपालिकामा शून्य बेरुजु देखिएको हो ।

प्रतिवेदन अनुसार गाउँपालिकामा १ अर्ब २७ करोड ९४ लाख रुपैयाँ लेखापरीक्षण गर्दा शून्य बेरुजु देखिएको हो ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार अघिल्लो वर्ष पनि पालिकाको बेरुजु शून्य थियो । जिम्बाले देशभरिमै आफ्नो गाउँपालिका एक मात्र शून्य बेरुजु भएको पालिका भएको दाबी गरे ।

सम्बन्धित खबर