२०८२ असार ३, मङ्गलवार , ०५:४६:०१ बजे

Sajhamanch
'

प्रतिनिधिसभा बैठक बस्दै

बिहिवार, जेठ १, २०८२

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१र०८२ पेस गर्ने कार्यसूचीमा उल्लेख छ ।बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ ।

आर्थिक वर्ष २०८२र०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने ससंद् सचिवालयले जनाएको छ ।

सम्बन्धित खबर