२०८२ जेठ १, बुधवार , ०२:०८:१४ बजे

Sajhamanch
'

लेटाङको मार्केटमा आगलागी हुँदा २५ लाखको क्षति

बुधवार, जेठ १, २०८२

विराटनगर । मोरङको लेटाङमा रहेको मार्केटमा आज बिहान आगलागी भएको छ । लेटाङ नगरपालिका– ३ बि.पी. चौकमा डिल्ली पोखरेलको तीनतले पक्की घरको पहिलो तलामा सुरजकुमार साहले खोलेको ताज सिम्पल मार्केटमा बिजुलीको लाइन सर्ट भई आगलागी भएको हो ।

आगलागीबाट फ्रिज ५ थान, खाद्यान्न सामग्री, बेकरी सामग्री र अन्य विभिन्न पेय पदार्थ समेत गरी अन्दाजी २५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले बताए ।

बिहान ३ बजे लागेको आगो इप्रका लेटाङबाट खटिएको १५ जना प्रहरी ,नगर प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा ३।३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए ।