
काठमाडौं । रेष्टुरेन्टमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखराको सिर्जना चोकमा मनिका रेष्टुरेन्ट सञ्चालन गर्ने ४० वर्षीय पदम लुङ्बा, पोखरा मालेपाटनका ५१ वर्षीय तेज नारायण तिमिल्सिना र तनुहँको व्यास नगरपालिका–५ का २१ वर्षीय सलन गुरुङ छन् ।
रेष्टुरेन्टबाट प्रहरीले पाँच महिलालाई उद्धार समेत गरेको छ ।
पक्राउ परेकाहरुविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखनसम्बन्धी कसुरमा ६ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरि बस्नेतले बताए ।