
काठमाडौं । भारत–पाकिस्तानबीचको तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटका खेलहरु आउँदो ‘मे’ १७ तारिख अर्थात् जेठ ३ गते शनिवारदेखि शुरू हुने भएका छन् ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलको नयाँ तालिका सार्वजनिक गरेको हो । परिमार्जित तालिका अनुसार जेठ तीनमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ ।
त्यस्तै जेठ ४ गते आइतवार दुई वटा खेल हुनेछन् । गएको बिहीवार धर्मशालामा पन्जाब र दिल्लीबीच खेल भइरहेका बेला बीचमै स्थगित गरिएको थियो ।
दुई दिनपछि गएको शनिवार दुई देशबीच युद्धविरामको घोषणा भएपछि आईपीएल क्रिकेट फेरि शुरू हुन लागेको हो ।
क्वालिफायरको खेल जेठ १५ र इलिमिनेटरको खेल जेठ १६ मा हुनेछ । त्यस्तै क्वालिफायर दुई जेठ १८ गते हुनेछ । आईपीएलको फाइनल खेल जेठ २० मा हुनेछ ।