
काठमाडौं । हेटौँडा–कुलेखानी–फाखेल–हुँदै काठमाडौं जोड्ने कुलेखानी–कलंकी–हुमाने सडक खण्ड पर्सि जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने भएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड कालोपत्रे गर्नुपर्ने भएकोले यो सडक खण्ड १९ दिनका लागि गाडीको आवागमन बन्द हुने जिल्ला प्रशासन कार्यालय, मकवानपुरले जनाएको छ ।
बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय, हेटौँडामार्फत यो सडक खण्डको स्तरोन्नतिको कार्य हुँदै आएको छ ।
सडक बन्द हुने अवधिमा हेटौँडा–काठमाडौं वा काठमाडौं–हेटौँडा यात्रा गर्नुपर्ने गाडीले अन्य वैकल्पिक मार्गका रुपमा कान्तिलोकपथ वा (कुलेखानी–सिस्नेरी फर्पिङ सडक) को प्रयोग गर्नसमेत जिल्ला प्रशासन कार्यालय मकवानपुरले निकालेको सूचनामा भनिएको छ ।