२०८२ जेठ १, बुधवार , ११:५२:५३ बजे

Sajhamanch
'

तीन प्रदेशमा वर्षाको सम्भावना

बुधवार, जेठ १, २०८२

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।पछिल्लो २४ घन्टामा देशका अधिकांश स्थानमा वर्षा भएको अभिलेख छ।

मकवानपुरको भोर्लेनी केन्द्रमा ५६.२, इलामको सोक्तिम चिया बगानमा ४५.२, ताप्लेजुङको दोभानमा ३८, सुनसरीको चतरामा ३६, मोरङको हरैचामा २४.८, स्याङ्जाको स्याङ्जामा ४४.६, आँधिखोलामा २२.६ पञ्चमूलमा २५.२, पर्वतको कार्किनेटामा २५.२ मिलिमिटर वर्षा भएको छ।बुधबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, वैशाख २९, २०८२