२०८२ वैशाख ३०, मङ्गलवार , ०७:४८:३० बजे

Sajhamanch
'

आज दिउँसो यी भूभागमा वर्षाको सम्भावना

मङ्गलवार, वैशाख ३०, २०८२

काठमाडौं । सोमबार राति देशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

बाँकी भूभागमा आंशिकदेखि साधारणतया बदली रही मौसम सफा रहने साँझ ६ बजेको बुलेटिनमा जनाइएको छ । उच्चपहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

भोलि (मंगलबार) दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोलि देशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा सफादेखि आंशिक बदली रहनेछ ।

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित खबर

यस्तो रहनेछ आजको मौसम
सोमवार, वैशाख २९, २०८२