२०८२ वैशाख २९, सोमवार , ०२:०३:३८ बजे

Sajhamanch
'

बार्सिलोनाले लगातार छैटौं पटक स्पेनिस महिला लिग जित्यो

सोमवार, वैशाख २९, २०८२

काठमाडौं । बार्सिलोना महिला टोलीले रियल बेटिसलाई ९–० ले पराजित गर्दै लगातार छैटौं पटक स्पेनिस महिला लिगको उपाधि जितेको छ ।

यो जीतसँगै बार्सिलोनाले एक खेलअघि नै आफ्नो १०औं लिग उपाधि सुरक्षित गरेको छ । बार्सिलोनाले यो सिजनमा २७ खेलमा जिते छ भने दुई वटा खेलमा मात्र हार बेहोरेको छ ।

दोस्रो स्थानमा रहेको रियल मड्रिड बार्सिलोनाभन्दा ६ अङ्कले पछि परेको छ । बार्सिलोनाको यो सिजनको दोस्रो उपाधि हो । उसले जनवरीमा स्पेनिस सुपर कप जितेको थियो ।

अब बार्सिलोनाले मे २४ मा महिला च्याम्पियन्श लिगको फाइनलमा आर्सनलसँग प्रतिस्पर्धा गर्नेछ । यस्तै जुन ७ मा कोपा डे ला रेइनाको फाइनलमा एथ्लेटिको मड्रिडसँग खेल्नेछ ।

सम्बन्धित खबर