
काठमाडौं । भारतका स्टार ब्याटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । ३६ वर्षीय कोहलीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।
उनले १२३ टेस्टमा ३० शतक र ३१ अर्धशतकसहित ९ हजार २३० रन बनाएका छन् । भारतीय टेस्ट क्रिकेट टिमका कप्तान रोहित शर्माले गएको हप्ता क्रिकेटको सबैभन्दा लामो फर्म्याटबाट सन्न्यास लिने आश्चर्यजनक घोषणा गरेपछि कोहलीको यो निर्णय आएको हो ।
यसले सन् २०१२ मा राहुल द्रभिड, भीभीएस लक्ष्मण र पछि सचिन तेन्दुलकर र वीरेन्द्र सहवागको सन्न्यासपछि भारतीय क्रिकेटले कहिल्यै नदेखेको पूर्णस्तरको सङ्क्रमणको सङ्केत गर्छ ।
विराट कोहलीले सन् २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । कोहलीले ६८ टेस्टमा टिमको कप्तानी गरेका छन् । भारत लगातार दुई पटक टेस्ट च्यापियनशिपको फाइनलमा पुग्दा पहिलोमा कोहलीले टोलीको नेतृत्व गरेका थिए ।