२०८२ वैशाख २८, आइतवार , ०५:०८:०१ बजे

Sajhamanch
'

शेयर बजार साढे १२ अङ्कले घट्यो, फाइनान्स समूह ३।३८ प्रतिशतले ओरालो लाग्यो

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२ दशमलव ५३ अङ्कले घटेर २ हजार ६४९ दशमलव ११ विन्दुमा झरेको छ ।

आज विकास बैंक, होटल, जीवन बीमा र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा फाइनान्स समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

आज सिन्धु विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । गएको बिहीवार ११ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ३०० वटा कम्पनीका २ करोड ४० लाख कित्ता शेयर १० अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।

सम्बन्धित खबर