२०८२ वैशाख २८, आइतवार , ११:३३:३८ बजे

Sajhamanch
'

पल्टिएको ट्रक हटाएपछि मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

आइतवार, वैशाख २८, २०८२

काठमाडौं । सडकमै पल्टिएको ट्रक हटाएपछि मुग्लिन–नारायणगढ सडक खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलामा बिहान ७ बजेतिर पल्टिएको ट्रक हटाउन झण्डै तीन घण्टा लागेको थियो ।

क्रेनको सहायतामा पल्टिएको ट्रक पन्छाएको र सडक एकतर्फी खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिए।

मधेस प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक बिहान सडकमै पल्टिँदा गाडी रोकिएका थिए । सडक खुलेसँगै रोकिएका गाडी र यात्रु अहिले गन्तब्यतर्फ लागेका छन् ।

सडक दुईतर्फी खुलाउन र सहज बनाउन अझै केहीसमय लाग्ने प्रहरी निरीक्षक सिंहले जानकारी दिए। ट्रक दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।