
झापा । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि र एलायन्स मोटर्स प्रालिको आयोजनामा बिहीबार साँझ बिर्तामोडमा हुन्डाई मिट एण्ड ग्रिट सम्पन्न गरिएको छ ।
सो अवसरमा नेपालमा हुण्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका जिएम दिपक थपलियाले सवारी साधनहरू मोबिलिटीको मात्रै साथी होइनन्, यिनीहरू जीवनको अभिन्न अङ्ग बनिसकेको बताउँदै हुन्डाई सबैभन्दा धेरै कस्टमर बेस्ट प्रोडक्ट भएको दाबी गरे ।
नेपालमा सबैभन्दा धेरै गाडी बेच्ने र धेरै माया पाएको प्रोडक्टका रुपमा हुण्डाईलाई अथ्र्याउँदै जिएम थापाले नेपालभर २१ वटा डिलर र ३०० वटा रिटेलरहरूमार्फत देशभर सेवा प्रवाह भइरहेको जानकारी दिए ।
देशभरका जुनसुकै डिलरबाट सवारी खरिद गरे तापनि बिक्रीपछिको सेवाका लागि यसले सबै स्थानमा समान सुविधाहरु उपलब्ध गराउँदै आएको उनको भनाई छ ।
लक्ष्मी हुन्डाईले आफ्नो भेइकल एसेम्बली प्लान्ट राखेको जनाउँदै थापाले ग्राहकलाई सवारी बिक्री गर्दा गरिएको प्रतिबद्धता अनुसार नै सबै वितरण केन्द्रहरूबाट सर्भिस र पार्टसहरु उपलब्ध हुने गरेको बताए ।
सबै सुविधाहरु र उत्कृष्ट सामग्री भएका कारणले हुन्डाई आज देशमै लोकप्रिय ब्राण्ड बनेको दावी गर्दै जिएम थापाले हुण्डाईको क्रेटाले बिक्रीमा पनि रेकर्ड तोडेको सुनाए ।
उनका अनुसार सन् २००९ मा हुन्डाईको डिलरसिप लक्ष्मीले लिएको र सो पछि नै नेपालमै एसेम्बल गर्नुपर्छ भन्ने आवश्यकता महसुस भएको थियो।
स्थानीय आयोजक हुन्डाईको आधिकारिक विक्रेता एलायन्स मोटर्सका अध्यक्ष दिनेश पाठकले आमन्त्रित पाहुना र सहभागीहरुलाई शाब्दिक स्वागत गरेका थिए ।
उनले झापामा नयाँ कम्पनी स्थापना गरी सन् २०२० देखि हुण्डाईको बिक्रेता बनेको जानकारी दिँदै हुण्डाई ब्राण्डका इभी गाडीको बिक्री बढाउने अबको लक्ष्य रहेको सुनाए ।
कम्पनीका म्यानेजर सुरज शर्माले सञ्चालन गरेको औपचारिक कार्यक्रममा औद्योगिकरणको आजको अवस्थाबारेको भिडियो सामग्री प्रस्तुति गरी हातले काम गरिरहेका मानिसहरु आज औधोगिक यन्त्र उपकरणको सहायताले सहज काम सम्पन्न गरिरहेको देखाइयो ।
सो कार्यक्रममा अपार इन्भेष्टमेन्ट र एलायन्स मोटर्सको परिचय गराउँदै प्रबन्ध निर्देशक याम बिमलीले हुन्डाईसँग कसरी सम्बन्ध जोडियो भन्ने विषय प्रकाश पारेका थिए ।
अपार इन्भेष्टमेन्ट कम्पनी २०२० सुरु क्रमशः साझेदार कम्पनीको स्थापना गरिएको र यसैको सिस्टर अर्गनाइजेशनको रुपमा अपार फाउन्डेसन रहेको जनाए ।
महिला उद्यमीहरूमात्र आबद्ध रहेको अपार फाउन्डेसन सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित गरिएको बिमलीले जनाए ।
सामाजिक उत्तरदायित्वसँग सम्बन्धित रहेर अपार फाउन्डेसनले विशेष कार्यक्रम पनि गरेको जनाउँदै कार्यक्रमकै बीच बिर्तामोड ५ का ३ वर्षका उज्ज्वल ठाकुर बोनम्यारोबाट थलिएकाले उनको उपचारका लागि सहयोग पुर्याउन २१ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
अपार फाउन्डेसनका अध्यक्ष विष्णु मैनाली उप्रेतीसहित कार्यसमितिका महिलाहरूद्वारा उक्त रकम हस्तान्तरण गरिएको थियो ।
सो कार्यक्रममा कम्पनीका तर्फबाट विनय निवाश श्रेष्ठले हुण्डाईसँग सम्बन्धित जानकारीहरू प्रदान गर्ने उद्देश्यले मिट एण्ड ग्रिट आयोजना गरिएको बताए । आफ्नो प्रस्तुतिमा श्रेष्ठले संसारभर हुण्डाईको आठवटा रिसर्च सेन्टर छन्। तीमध्ये कोरियामा मात्र तीनवटा रहेको जानकारी दिए ।
सन् २०१५ देखि २०२५ सम्म नेपालमा १० हजारभन्दा बढी केटा मोटर बिक्री भइसकेको जानकारी गराउँदै श्रेष्ठले हुण्डाईको नयाँ भर्सन इभीमा पनि आइसकेको जनाए ।
सोही कार्यक्रममा हुण्डाईका दुईवटा नयाँ गाडीहरुको पनि लन्चिङ गरिएको थियो । सोही अवसरमा बिर्तामोडका अमिर लिङ्देनलाई नयाँ भर्सन इभी क्रेटा हस्तान्तरण पनि गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई आभार व्यक्त गर्दै अपार ईन्भेष्टमेन्टका अध्यक्ष मनोज उप्रेतीले हुन्डाईका सवारी रोज्ने सबै सबैप्रति धन्यवाद दिए ।